एसियन कप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली छनोट भएको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा

फरवार्ड : निरञ्जन मल्ल, रोहन खड्गी