
सुर्खेत । विश्वकप लिग–२ मा नेपालले आज स्कटल्याण्डको सामना गर्दै छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदविसीय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्ने भएको हो ।
खेल ग्लासगोस्थित टिटीउड क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । यसअघिको भेटमा स्कटल्याण्डलाई ५ विकेटले हराएको नेपालले नामिबियासँग ४० र ६३ रनको हार बेहो¥यो ।
यता, स्कटल्याण्ड पनि पहिलो खेलमा बेहोरेका हारको बदला लिँदै जितका साथ सिरिजको अन्त्य गर्ने दाउमा छ । यसअघि नेपालसँग पाँच विकेटले पराजित स्कटल्याण्डले नामिबियालाई ७७ रन र तीन विकेटले हराएको थियो ।
१९ खेलमा १७ अंक जोडेको नेपाल लिग–२ को छैटौं स्थानमा रहँदा २३ खेलमा ३२ अंकका साथ स्कटल्याण्ड दोस्रोमा छ ।

फरकबाटो १ श्रावण २०७९, आईतवार १३:२२