विश्वकप विजेता खेलाडीलाई जनही ४० लाख भारु

काठमाडौं । आईसीसी यू–१९ विश्वकप विजेता टोलीका खेलाडीहरुलाई जनही ४० लाख भारतीय रुपैंया प्रदान गरिने भएको छ । बीसीसीआईले विश्व जितेको भारतीय टिमका प्रत्येक खेलाडीलाई जनही ४० लाख भारु प्रदान गरिने जनाएको छ ।

वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै विश्वकपको उपाधि हात पारेको थियो । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय टिमलाई बधाई दिदै विजेता टिमका प्रत्येक खेलाडीलाई नगद प्रदान गर्ने जनाए । गांगुलीले टिमका पदाधिकारीहरुलाई जनही २५ लाख भारु प्रदान गरिने समेत बताए ।