मावन अधिकारको अवस्था सुधार गर्न सबैको सहयोग आवश्यक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मावन अधिकारको अवस्था सुधार गर्न सबैको सहयोग आवश्यक  रहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जानीजानी हामीले जातीय विभेद गरेका हुन्छौँ । सबै भन्दा बढी हिरासतमा मानव अधिकारको हनन् सबै भन्दा बढी भएको पाइन्छ । खानेपानी, शौचालयलगायतका समस्या छन् । यदी नागरिक जागरुक हुने हो भने थामी नसक्नुका मावन अधिकार सम्बन्धी मुद्दाहरु हुन्छन । हाम्रै करणले वातावरणमा असर परेको छ । वातावरणीय स्वच्छताका लागि हामी सबै लाग्नुपर्छ । मावन अधिकारको अवस्थाको सुधार गर्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग आवश्यक छ ।’ उनले व्यवहारिक कार्यान्वयन गरेर मावन अधिकारको सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीमा स्वास्थ्य शिक्षालागयतका विषयमा जानकारी दिँदै जनशक्ति अभावका कारण नागरिकले अधिकारहरु सोचे अनुसार उपभोग गर्न नपाए पनि मन्त्रालयले स्रोत साधनले भ्याएसम्म लागिपरिरहेको बताए ।

उनले जनशक्ति अभावमा स्वास्थ्य क्षेत्रमा अझै बढी समस्या भएको बताए । मानव अधिकार कार्यान्वयन, संरक्षण गर्न मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले अबको मानव अधिकार आर्थिक, सामाजिक, शैक्षिक सांस्कृतिकप्रति केन्द्रीत हुनुपर्ने बताए ।

उनले भने, ‘मावन अधिकार आर्थिक, सामजिक, सांस्कृतिक विकाससँग जोडिएको छ । यसको कार्यान्वयनतर्फ सबैको ध्यान दिन आवश्यक छ ।’ उनले तीनै तहका सरकारहरु मानव अधिकारका लागि संवेदनशिल र जिम्मेवार छन् भन्ने सन्देश दिएर लाभ लिन सकिने बताए ।