कुनै पनि हालतमा सत्ता गठबन्धन अहिले टुट्दैन् : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कुनै पनि हालतमा सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले अहिले नै गठबन्धन नटुट्ने बताएका हुन् । यही अवस्थामा एमसीसीबारे निर्णय लिन कठीन भएको बताएका हुन्।

उनले अहिले जसरी पनि गठबन्धन भत्काउन खोजिएको भन्दै निश्चित कार्यको लागि गठबन्धन बनेकाले गठबन्धन नटुट्ने बताए । उनले स्थानीय निर्वाचन तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् ।

उनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन् । एमसीसीका विभिन्न बुँदाहरुमा धेरै जनाको असहमति रहेकोले अहिले निर्णय लिन कठिनाई भएको उल्लेख गरे ।