काठमाडौ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो । ‘बधाई छ नेपाल । महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा १८ बर्ष उमेर समुहकाले अब पूर्ण (कोभिड-१९) खोप पाठ्यक्रम प्राप्त गरेको छ’, डब्लुएचओले भनेको छ ।

Copyright : WHO/Pierre Virot
सरकारले पछिल्लो पटक दुई मात्रा खोप लगाइसकेका अग्रपंक्तिका र जेष्ठ नागरिकहरुलाई अतिरिक्त मात्रा पनि दिइरहेको छ ।
फरकबाटो २० माघ २०७८, बिहीबार १२:१६