अर्थ सचिवमा पोखरेललाई ल्याउने सरकारको तयारी

काठमाडौं ।  आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ। त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ।

पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्त मन्त्रालयमा पनि सचिव पद खाली भएको हो। अर्थ मन्त्रालयका सचिव मधु मरासिनी पनि अर्थमन्त्री जनार्दन शर्मा पुनः नियुक्त भएपछि मन्त्रालयमा हाजिर भएका छैनन्।

मरासिनीले शर्मालाई पछिल्लो समय असहयोग गरेका कारण मन्त्रालय जान नमानेको र प्रधानमन्त्री कार्यालयमा सरुवा मागेर बसेका छन्। अर्थ मन्त्रालयका अनुसार मरासिनी गत आइतवारदेखि नै घर बिदामा छन्।