
काठमाडौं । भारत १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।
जितका लागि भारतले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ ओभर ५ बलमा १ सय ९४ रनमा समेटियो ।
अस्ति भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इङ्ग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । फाइनल खेल भोलि हुनेछ । अहिलेसम्म भारतले सर्वाधिक ४ पटक र अस्ट्रेलियाले तीन पटक १९ वर्षमुनिको विश्व कप जितेका छन् ।

फरकबाटो २० माघ २०७८, बिहीबार ०८:२५