यू-१७ : पहिलो चरणमा ६० खेलाडी छनोट

काठमाडौं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । एन्फा कम्प्लेक्समा आयोजना भएको छनोटबाट ६० खेलाडी छानिएका हुन् ।

एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो । एन्फाले यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाइ नियुक्त गरिसकेको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।

नेपालको समूहमा भारत र भुटान रहेको छ ।  यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

May be an image of text that says 'ALL NEPAL ASSOCIATION U-17 NATIONAL TEAM SELECTION FINAL 60 NAME LIST NELSON TAMANG NIRAJ KARKI NIRAJAN DHAMI NIRDESH RAI NISHANT TAMANG OM ADHIKARI PALDEN GURUNG PARBAT TAMANG PAWAN DAHAL PRAJAYA GURUNG PRASHANT LAXSAM RABIN TAMANG RAJAN PRADHAN REEJAN SHRESTHA RUBIN BOGATI SACHAN maHaTo SAGAR RASAILI SAMIR TAMANG SANDESH NEUPANE SANDIP LAMA SANTOSH PARIYAR SHREEYANDRA THAKURI SHRIYANS MANANDHAR SHUBHAM THAPA SIJAL RAI SUBASH GURUNG SUDIP RUMBA SUJAT DANGOL SUSHIL TAMANG UNISH MAGAR THE SELECTED PLAYERS SHOULD CONTACT AT ANFA COMPLEX ON AUGUST 4, 2022 (THURSDAY) AT 1 PM. PLAYERS SHOULD ALSO BRING THEIR OWN FOOTBALL KIT.'

May be an image of text