आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

फोटो फाइल

काठमाडौं । सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सोनाम ल्होसारका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।