प्रदेशसभामा सिट व्यवस्थान नभएको भन्दै राप्रपाकी सांसद  शाही बैठकबाट बाहिरिन्

सुर्खेत । कर्णाली प्रदेशसभामा राप्रपाकी प्रदेशसभा सदस्य शोसिला शाहीले राप्रपालाई प्रदेशसभा बैठकमा सिट व्यवस्थापन नगरेको भन्दै बैठकबाट बाहिरिएकी छन् ।

उनले राप्रपालाई प्रतिपक्षको मान्यता दिए पनि सिटको व्यवस्था नहुँदा आफु पछाडी बस्नु परेको र सिट व्यवस्थापन नभएसम्म बैठकमा सहभागि नहुने भन्दै बाहिरिएकी हुन् । उनी बैठकबाट बाहिरिए पछि कर्णाली प्रदेशसभाको बैठक आधा घण्टाको लागि बैठक स्थगित भएको छ ।

उनले प्रदेशसभामा राप्रपालाई स्थान नदिएको भन्दै आक्रोस व्यक्त गरिन् । अरु प्रदेशसभा सदस्यहरुले अगाडी आएर सिट ओगटेर बस्ने र आफु अन्तिममा बस्नु परेको बताइन् । उनले आफुले कर्णालीको विकास, समृद्धि र निमुखा जनताको बारेमा प्रतिपक्षको भूमिकामा रहेर धारणा राख्न पाउनुपर्ने उल्लेख गरिन् । ‘सरकारलाई विश्वासको मत दिए भन्दैमा सत्ता पक्ष हुने र तटस्थ बस्दैमा एमालेलाई सहयोग गरेको भन्ने मैले जाने कहाँ ?’ उनले भनिन्, ।

उनले सिट व्यवस्थापन गरेर मात्रै बैठकमा बोलाउनु भन्दै बैठक छोडेर हिडेकी हुन् । उनले भनिन्, ‘दलको मान्यता दिइसके पछि मैले जाने कहाँ जाने ? अगाडी आएर सिट ओगटेर बस्नु भएको छ । आज म यत्तिकैमा जान्छु सभामुख महोदय, सिट व्यवस्था होस् । फेरी आउन पाइए पछि आउँला । नपाइए नआउँला । मेरो आवश्यकता भए पछि बोलाउनु होला । यदि नबोलाए तपाईहरु चार दलले कर्णालीको समृद्धिका लागि राम्रोसँग काम गर्नुहोला । ’