निर्वाचनबारे सहमति जुटेन

काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सकेको छैन् । सत्ता गठबन्धनको आज बिहानको बैठक असफल भएको हो । आजै अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।