सुर्खेत हार्डवेयर समितिको अध्यक्षमा दिनेश ढकाल निर्वाचित

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघ अन्तर्रगत सुर्खेत हार्डवेयर समितिको अध्यक्षमा दिनेश ढकाल निर्वाचित भएका छन् ।

समितिको सातौं चुनावी साधारण सभाबाट अध्यक्ष ढकालको नेतृत्वमा १५ सदस्यीय सुर्खेत हार्डवेयर समिति निर्वाचित भएको हो । उक्त समितिको बरिष्ठ उपाध्यक्षमा चेतन भट्टराई, प्रथम उपाध्यक्षमा बालकृष्ण हमाल चालिसे, द्वितिय उपाध्यक्षमा वसन्तराज पाण्डे र सचिवमा केशव बिसी चयन भएका हुन् ।

यस्तै, सह–सचिवमा महेन्द्र ढुङ्गाना, कोषाध्यक्षमा दिपक शर्मा र सहकोषाध्यक्षमा इन्द्रबहादुर खड्का चयन भएको े नव निर्वाचित समितिका अध्यक्ष ढकालले जानकारी दिए ।

यस्तै समितिको सदस्यहरुमा डिलप्रकाश थापा, चन्द्रप्रकाश देवकोटा, प्रशान्त बस्नेत, कमल लामिछाने, रोशन तिवारी, सुरेन्द्रप्रसाद शर्मा र नगेन्द्रराज उपाध्याय निर्वाचित भएका हुन् ।