काठमाण्डौ उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने


सुर्खेत । काठमाण्डौ उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।

कलङ्की–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ । यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।