राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका शेर्पा विजयी


मोरङ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई पराजय भएका हुन् ।

शेर्पाले चार हजार सात सय ५२ मतभार र राईले चार हजार ३ सय ६८ मतभार प्राप्त गरेका छन् ।