देउवाले सहमति कार्यान्वयन गर्न सक्दिनँ भनेपछि नयाँ परिस्थिति बन्यो : प्रचण्ड


सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् ।

आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको उनले बताए । प्रचण्डले भने, ‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर कांग्रेस इमान्दार भएको देखिएन ।’ अब एमालेसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।