विव्यस गठनको विषयलाई लिएर वडाअध्यक्षले कुटे प्रधानाध्यापक

सुर्खेत । तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँमा रहेको देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि त्यसै वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

वडाअध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौँ पटक बैठक बस्दा पनि सहमति हुन नसकेको र उनीहरूले चुनाव गर्नैपर्छ भनेपछि शुक्रवार चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरापान गरेर आँफुमाथि हातपात गरे र उनका दुई छोराले अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको प्राधानाध्यापक बस्नेतले बताए ।

यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गरेका छन् ।