
सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकै जित सुनिश्चित भएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । गठबन्धन बैवाहिक बन्धन जस्तै बलियो भएकोले जित सुनिश्चित भएको उनले दाबी गरेका हुन् ।
‘गठबन्धनबाट कसैले फ्रलोर क्रस गर्दैनन्’ उनले भने“ त्यसैले बाहिरको हल्लामा नलागौं हाम्रो जित सुनिश्चित हो ।” मतदान एउटा प्रक्रिया भएपनि जित भने गठबन्धनकै भएको उनले बताएका हुन् ।
गठबन्धन भएकै कारण जितको सुनिश्चित भएको उनले बताएका हुन् । परिपक्क स्थानिय तहका पदाधिकारी र प्रदेश सभा सदस्यहरु भएको कारण गठबन्धनलाई धोका नहुने उनले तर्क गरे ।
मतदान स्थलमा मतदानका लागि पुगेका शाहीले जित सुनिश्चित भएको कारण आँफु उत्साहित भएको बताए ।
दुईवटा मतदान केन्द्रमा स्थानिय तह र प्रदेश सभा सदस्यहरुले बिहान ९ बजेदेखी मतदान सुरु गरेका हुन् । मतदान ३ बजेसम्म हुनेछ ।
दुईघेराको सुरक्षा व्यवस्थामा मतदान सुरु भएको हो । सुरक्षा व्यवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को लागी नेपाल सरकारले तोकेको मापदण्ड अनुसार मतदाताहरु उपस्थित भएका छन् ।
कर्णाली प्रदेश सभाका ३५ सदस्य र स्थानिय तहका १ सय ५६ पदाधिकारी गरि जम्मा १ सय ९१ जनाले निर्वाचनमा मतदान गर्नेछन् ।

फरकबाटो १२ माघ २०७८, बुधबार १०:२०