हुरेक नेपालको सामुदायिक अंकपत्र तेस्रो चरण सम्पन्न

सुर्खेत । मानब अधिकार तथा ग्रामीण बातावरण संरक्षण केन्द्र (हुरेक–नेपाल) को सामुदायिक अंकपत्र तेस्रो चरण समेत सम्पन्न भएको छ ।

प्रयास परियोजना अन्तर्रगत दुईवर्ष देखी सुर्खेतका विभिन्न १० वटा संस्थाहरुमा यो कार्यक्रम लागु भएको थियो ।

आफ्नो संस्थालाई कानुनी रुपमा बलियो बनाउनका लागि कार्यसमिति तथा साधारण सदस्य र लाभग्राहीहरु समेत राखी अंक प्रदान गर्ने यो कार्यक्रम एउटा संस्थाले एकचरणमा तिनपटक गर्नुपर्छ । सोही अन्तर्रगत हुरेक–नेपालले हालसम्म नौ पटक यो कार्यक्रम गरिसकेको संस्थाका अध्यक्ष गणेशबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार एकचरणको सामुदायिक अंकपत्रमा एकपटक कार्यसमिति (सेवा प्रदायक) मात्रैले आफ्नो संस्थाको मुल्याँकन गरेर आफ्नै संस्थालाई अंक प्रदान गर्ने , दोस्रो पटक संस्थाका साधारण सदस्य तथा लाभग्राहीहरु छुट्टै बसेर अंक प्रदान गर्ने र तेस्रो पटक कार्यसमिति अर्थात् सेवाप्रदायक र सेवाग्राही एकैठाउँ बसेर आमुनेसामुन्ने बैठक गरेर अंकप्रदान गर्ने गरिन्छ ।

जस अनुसार हालसम्म नौपटक सम्म यसरी आफ्नो संस्थाको मुल्याँकन गरेर अंक प्रदान गरिएको र संस्थागत थुप्रै कुराहरु समेत सुधार भएको वलीले बताए ।

कार्यक्रम युरोपियन युनियन र भिएसओ नेपालको सहयोग तथा आयोन नेपालको सहजीकरणमा सम्पन्न भएको हो ।

यस्तै प्रयास परियोजना अन्तर्रगत साना अनुदान कार्यक्रमका सबै इभेन्टहरु समेत हुरेकले यसअघि नै सम्पन्न गरिसकेको छ ।

संस्थागत सुधारका लागि तयार गरिएका सुचक अनुसार संस्था चलेनचलेको र पारदर्शी भएनभएको सामुदायिक अंकपत्रमा अंक प्रदान गरिने आयोन नेपालकी कार्यक्रम संयोजक रेखा वलीले जानकारी दिईन् ।