
सुर्खेत । सल्यानमा ट्रकमा च्यापिएर एक बाललकको मृत्यु भएको छ । शारदा नगरपालिका १ श्रीनगरमा ३ वर्षको कृतिक भण्डारीको मृत्यु भएको हो । आफ्नै घर अगाडी रोकिराखेको लु १ ख ५२५९ नं को ट्रकले च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दामोदर केसीका अनुसार केशरबहादुर भण्डारीको गाडी (साहु) कै छोराको मृत्यु भएको हो । चालक चुडामणी बस्नेतले चलाउँदा ट्रकको पछाडीको टायरमा च्यापिएर मृत्यु भएको हो ।
ट्रकले च्यापिएर घाईते भएका उनको परोपकार हस्पिटल श्रीनगर सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

फरकबाटो २० भाद्र २०७९, सोमबार १८:२९