खोलाले बगाउँदा अछाममा एक महिला बेपत्ता


सुर्खेत । खोलाले बगाउँदा अछाममा एक महिला बेपत्ता भएकी छन् । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९ मा पर्ने तापिरवा खोलाले बगाउँदा मंगलसेन वडा नं ११ की ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् ।

प्रहरीले बेपत्ता महिलालाई खोजिरहेको छ ।