कोरोना कहरः कर्णाली प्रदेशका मुख्य नाकाहरुमा निगरानी बढाइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका मुख्य नाकाहरुमा होल्डिङ सेन्टर संचालन गर्ने भएको छ । कोरोना संक्रमण दर बढे पछि मुख्य नाकाहरुमा होल्डिङ सेन्टर राखेर निगरानि बढाउने भएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले शुक्रबार कोरोनाको तेस्रो लहर रोकथामका लागि सन्देश जारी गर्दै प्रदेशका मुख्य तीन नाकामा होल्डिङ सेन्टर संचालनमा ल्याइने बताएका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश स्तरिय कोभिड १९ निर्देशक समितिले प्रभावकारी कदम चाल्ने निर्णय समेत गरेको छ । प्रदेशमा रहेका होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउने र सबै पालिकालाई विगतका कामहरुमा निरन्तरता दिन निर्देशन दिइएको छ ।

कोरोना संक्रमण दर बढ्दै गए पछि सबैलाई सचेत हुन आग्रह गर्नु भएको छ । जारी सन्देशमा स्वास्थ्य मापदण्ड पालना गर्न रसामाजिक दुरी कायम गर्न आग्रह गरिएको हो । सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढीको भिडभाड नगर्न मेला महोत्सव भेलाहरु नगर्न र सङ्क्रमित क्षेत्रबाट आएका व्यक्तिहरु १० दिन क्वारेन्टीनमा बस्न आग्रह गरिएको छ । सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड साथमा लिएर जान आग्रह गरिएको छ ।

यस्तै, भारत लगाएत छिमेकी मूलबाट प्रदेश भित्रिने सम्पूर्णको एन्टिजिन टेष्ट गर्ने, समन्वय र जोखिम संचार व्यवस्थापन, हरेक जिल्लामा कोभिड विशेष एम्वुलेन्स व्यवस्थापन गरिने भएको छ। सडक पुर्वाधार पुगेका जिल्लामा गाडि मार्फत स्थलमार्गबाट सम्वन्धित जिल्लामा पुर्याउने र सडक सन्जाल नपुगेका जिल्लाका बासिन्दाहरूलाई सुर्खेतमा होल्डिग सेन्टरमा राख्ने व्यवस्था गर्ने, सबै तहका स्वास्थ्य संस्थाहरूलाई ऊच्च सतर्क, क्रियासिल बनाई राख्ने, प्रचार–प्रसार कार्यलाई तिब्रता दिने, एम्वुलेन्स खरिदको लागि अविलम्ब प्रक्र्या अघि बढाउने, तत्काल शव बहानको व्यवस्थापन गर्नु पर्ने, भौगोलिकता, जनसंख्याको बनोट आदि सूचकलाई आधार मानि स्थानीय तहमा समाबेसि बजेट वितरण गर्न र कोभिड नियन्त्रण कार्यमा खटिनेलाई मात्र जोखिम भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ ।