
सुर्खेत । १५ ग्राम ९ मिलिग्राम ब्राउनसुगर सहित सुर्खेतमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा लागु औषध नियन्त्रण ब्युरो र कर्णाली प्रदेश प्रहरी ब्युरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर ३ सुर्खेतका २४ वर्षीय प्रीतम शाही, वीरेन्द्रनगर ४ का १९ वर्षीय अबिशेक बस्नेत, सोही स्थानका २० वर्षीय रोहन धौलाकोटी र २४ वर्षीय दिपेश थापा मगर रहेका छन् ।
उनीहरुबाट प्रहरीले नगल २१ हजार ९ सय ४० रुपैयाँ समेत बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

फरकबाटो २४ माघ २०७९, मंगलवार २०:०२