बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तै : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उनले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचार जस्तो देखिएको बताउनुभयो । उहाँले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै सरकारको टिप्पणी गरे ।

राज्यको स्रोतलाई दुरुपयोग गर्दै आफ्ना मतदाता रिझाउनका लागि मात्रै बजेट ल्याइएको उनको आरोप छ ।