महिला विश्वकप फुटबलमा मोरक्कोले दक्षिण कोरियालाई हरायो


सुर्खेत । फिफा महिला विश्वकप फुटबल २०२३ मा मोरक्कोले दक्षिण कोरियालाई हराएको छ । आज आइतवार अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हरायो ।

मोरक्कोका लागि इबतिसम जरिदीले गोल गरिन् । यो जितसँगै मोरक्को २ खेलमा ३ अङ्कसहित समूह एच को तेस्रो स्थानमा छ । दुवै खेल हारेको दक्षिण कोरिया पुछारमा छ ।

विश्वकपमा अहिले समूह ए का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्डबीच खेल भइरहेको छ । अर्को खेलमा समूह एच का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।