२४ वर्षपछि उपाधि जित्ने दाँउमा इंग्ल्यान्ड

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको फाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दैछन् । यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको नर्थ साउन्डमा नेपाली समय अनुसार राती ६ः४५ मा सुरु हुनेछ ।

इंग्ल्यान्डले २४ वर्ष पछि पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ ।  इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो ।

इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।  यता भारत भने पाँचौ पटक विश्वकपको उपाधि जित्ने योजनामा रहेको छ ।

यस अघि भारतले सन् २०००, २००८, २०१२ तथा २०१८ मा उपाधि हात पारेको थियो ।