परीक्षण गरिएका मध्ये ४३ प्रतिशतमा कोरोना संक्रमण पुष्टी

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिबार २८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २७२ जना पुगेको छ । परीक्षण गरिएका मध्य ४३ प्रतिशतमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले सुर्खेतमा १८१, रुकुमपश्चिममा ३९, कालीकोटमा २८, सल्यानमा १५, हुम्लामा १४ र जुम्लामा पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको छ ।