
सुर्खेत । लागुऔषध सहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । वीरेन्द्रनगर १० बुलबुले उद्यानको पिक्निक स्थलबाट दुईजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर १० का २५ वर्षीय गोरख शाही र सोही स्थानका २५ वर्षीय सुदिप सुनार रहेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर १० बुलबुले उद्यानभित्रको पिक्निक स्थलमा लागुऔषधको कारोबार भइरहेको सुचनाको आधारमा आज दिउसो करिब सवा दुई बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

फरकबाटो १५ मंसिर २०७९, बिहीबार १८:३२