नवौं राष्ट्रिय खेलकुद : आर्मी शीर्ष स्थानमा कायमै

कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी देखीएका छन् । आर्मीले शीर्ष स्थानमा रहँदा कर्णाली, मधेश प्रदेश र एनआरएनएले कुनै पदक प्राप्त गर्न सकेको छैन ।

आर्मीले ९ स्वर्ण, ९ रजत र १० कास्यसहित २८ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो भएको बागमती प्रदेशले ५ स्वर्ण, रजत र २ कास्य सहित १० पदक जितेको छ । एपिएफले ४ स्वर्ण, ६ रजत र ९ कास्य सहित १९ पदक जितेको छ भने नेपाल पुलिस क्लवले २ स्वर्ण, १ रजत र २ कास्य सहित ५ पदक पाएको छ ।

पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण र ३ कास्यसहित ४ पदक र लुम्बिनीले २ रजत पदक पाएको छ । घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । ५ वटा कास्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । प्रदेश नम्बर १ ले ३ वटा कास्य मात्रै जित्यो । हालसम्म २१ इभेण्टका खेल सकिएका छन् ।