युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

युक्रेनको राजधानी किभमा आज साेमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका बीबीसीले जनाएको छ ।

किभसहित अरू थुप्रै सहरहरूबाट पनि लगातार विस्फोटमा आवाज आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको अधीनमा रहेको क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएपछि किभमा ठूलो आकारमा विस्फोट भएको हो ।

किभमा अहिले पनि हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उद्धारको काम भइरहेको र क्षतिको विवरण आइनसकेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।