दक्षिण अफ्रिकालाई हराउँदै इङ्ग्ल्यान्ड एकदिवसीय महिला विश्व कप क्रिकेटको फाइनलमा

काठमाण्डाै । दक्षिण अफ्रिकालाई हराउँदै इङ्ग्ल्यान्ड एकदिवसीय महिला विश्व कप क्रिकेटको फाइलनमा पुगेको छ । न्युजिल्यान्डमा आज बिहीवार भएको खेलमा दक्षिण अफ्रिकालाई एक सय ३७ रनले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिकै पुगेको हो ।

इङ्ग्ल्यान्डले दिएकाे दुई सय ९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमा एक सय ५६ रन बनाउँदा अलआउट भयो । उसका मिगनाेन डु प्रेजले ३०, लारा गाेडालले २८ तथा सुने लुस, मारिजेन काप र तृषा चेटीले २१–२१ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका साेपी एकलेस्टाेनले ६ विकेट लिइन् ।

यसअघि टस हाेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ड्यानिएल वेटकाे एक सय २९ र साेफिया डन्क्लीकाे ६० रनकाे मद्दतमा आठ विकेट गुमाएर दुई सय ९३ रन बनाएको थियो ।

अब इङ्ग्ल्यान्डले उपाधिका लागि आउँदाे आइतवार अस्ट्रेलियासँग खेल्नेछ ।