नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन

पोखरा । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।

आर्मी १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी उचालेको हो ।

पहिलो पटक बनेको राष्ट्रिय खेलकुदको रनिङ शिल्ड ट्रफी उचाल्ने क्रममा आर्मीले ११० रजत र ८९ कास्य हात पार्यो ।

आर्मी आठौं संस्करणको राष्ट्रिय खेलकुदको समेत टिम च्याम्पियन हो ।

नवौंमा पदक तालिकाको दोस्रो स्थानमा विभागीय टोलि एपीएफ क्लब रह्यो ।

एपीएफले ६५  स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित कुल २ सय १९ पदक जितेको छ ।

अर्को विभागीय टिम पुलिसले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य सहित कुल १९४ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौंथो र बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थानमा रह्यो।

छैटौं स्थानमा रहेको प्रदेश १ ले १० स्वर्ण, २३ रजत, ५० कास्य सहित कुल ८३ पदक जित्यो ।

सुदूरपश्चिमले १०  स्वर्ण, १० रजत ४३ कास्य सहित कुल ६३ पदक जितेर सातौं स्थानमा रह्यो ।

एनआरएनएले १०  स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित २६ पदक जितेर आठौं, लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य सहित ६८ पदक जितेर नवौं स्थान हासिल गर्यो ।

त्यसैगरी, दशौँ स्थान हासिल गरेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य सहित कुल ३९ पदक जित्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत, १२ कास्य पदक सहित कुल १८ पदक हात पार्यो ।