फोनिज कर्णाली प्रदेश अध्यक्षमा शाक्य

सुर्खेत । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश अध्यक्षमा प्रवाश कुमार शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

वीरेन्द्रनगरमा आज सम्पन्न फोनिज कर्णाली प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट अध्यक्षमा शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा धर्म थापा (दैलेख), महिला उपाध्यक्षमा कल्पना ढेंगा मगर (सुर्खेत), महासचिवमा रत्न सुनुवार (सुर्खेत), संगठन सचिवमा हरीप्रकाश पुन मगर (सल्यान), संस्थागत सचिवमा खगेन्द्र राना मगर (दैलेख) र कोषाध्यक्षमा दिपा गाहा मगर (सुर्खेत) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा नन्दराम धर्ती मगर (सुर्खेत) निर्विरोध निर्वाचित हुनुभएको छ भने बाँकी सदस्यहरु पहिलो बैठकबाट चयन गरिने बताइएको छ । यसैगरि केन्द्रिय प्रतिनिधिमा बुद्धिमान पुन (सल्यान), करिस्मा चौधरी (सुर्खेत), छपाल लामा (हुम्ला) लाई चयन गरिएको छ ।