काठमाण्डौ । देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
उनका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, राति देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने छ ।
प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का पानी पर्ने उनले बताए ।
यस्तै, भोलि पनि गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।
साभारः उज्यालो अनलाइन

फरकबाटो ५ कार्तिक २०७८, शुक्रबार ०९:४८