राप्ती नदिको बाढीबाट जोखिममा रहेका ७५ घरपरिवारलाई सारियो सुरक्षित स्थान

सुर्खेत । राप्ती नदीमा आएको बाढीले जोखिममा रहेका बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई सुरक्षित स्थान सारिएको छ ।

बाढीले गाउँ पूरै डुबानमा परेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा ७५ घरपरिवारलाई सारिएको हो ।

बाँकेका तल्लो तटीय क्षेत्रका झण्डै तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको स्थानिय ले बताएका छन् ।