नेपालमा ओमिक्रोन फैलियो, आज थप २४ जनामा पुष्टि

काठमाडौं । शुक्रबार थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। योसँगै नेपालमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ। यसअघि दुई विदेशी र एक नेपालीमा ओमिक्रोन देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस महिनामा संकलित ११४६ पोजेटिभ नमुनामध्ये २४ जनामा ओमिक्रोन देखिएको हो। यी नमूना देशभरिबाट संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ११४६ पोजेटिभ नमुनामध्ये २५० नमुनाहरु एसजिन नेगेटिभ पत्ता लागेको र एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

‘पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमूनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु २२ प्रतिशत एस जीन नेगेटिभ पत्ता लागेको छ। एक जीन नेगेटिभ पत्ता लागेका २४ स्याम्पलहरुको जीन सिक्वेनसिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

सीमा नाकाहरुमा कोभिड(१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजिटिभ आएका केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यसका साथै एस जीन स्क्रिनिंग गर्ने सुबिधा देशका अन्य स्थानहरु ९वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रि.वि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला (प्रदेश २, भेरी अस्पताल) बाट पनि संचालनमा रहेको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ।

ुविश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्यांकहरुलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड १९ का केसहरु बढ्न सक्ने सम्भावना रहेकोले सबैले थप सजगता अपानाउनु पर्ने देखिन्छ।

अन्य भेरियन्ट जस्तै यो भेरियन्टबाट बच्नका लागि पनि जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।