
सुर्खेत । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो। आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

फरकबाटो ७ बैशाख २०८०, बिहीबार १२:४५