प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिहीवार खेलको तालिका सार्वजनिक गर्दै आउँदो फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ’ए’ लाई मध्यनजर गर्दै पीएम कप टी–२० फर्म्याटमा हुने जनाएको छ । यसअघिका चार वटै संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको समूह ’ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । समूह ’बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

यही पुस २६ देखि सुरु हुने प्रतियोगिता माघ ५ सम्म चल्नेछ ।