कर्णालीलगायतका पश्चिमी क्षेत्रमा आज पनि वर्षा र हिमपात

सुर्खेत । देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ ।

कर्णालीसहित सुदूरपश्चिम, ुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उनका अनुसार अहिले प्रदेश–१ बाहेक अन्य प्रदेशको मौसम बद्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा केही ठाउँमा दिउँसो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताए । उनका अनुसार पर्सिसम्म नै हल्का वर्षाको सम्भावना छ । आउँदो आइतवारदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्ले बताएका छन् ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात भइरहेको छ ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।