एमसीसी संसदमा पेस गर्ने विषयमा आज पनि गठबन्धनका नेताबीच जुटेन सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा सम्झौता पेस गर्ने प्रस्ताव गरेकोमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएका सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक पर्सि सोमबारका लागि बोलाइएको छ ।