हुस्सुका कारण विराटनगर, नेपालगञ्ज र धनगढीमा अझै उडान अवरुद्ध


सुर्खेत । मौसम खुल्न थालेसँगै केही ठाउँमा उडान अवतरण सुरु भएको छ । लुक्ला, सुर्खेत, पोखरा लगायतका ठाउँमा उडान सुरु भएको भएपनि विराटनगर, नेपालगञ्ज र धनगढीमा अझै उडान सुरु हुन सकेको छैन । बाक्लो हुस्सुका कारण यी क्षेत्रका उडान प्रभावित भएका हुन् ।

मौसम खुलेपछि उडान थाल्ने तयारी छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार तराईका जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु कुहिरो लाग्ने सम्भावना छ । बाक्लो हुस्सुका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित भइरहेका छन् ।

भिजिबिलिटी अर्थात् दृश्य क्षमता कम हुँदा उडान अवतरण प्रभावित हुन्छ । अहिले बाह्यतर्फको उडान अवतरण भने सामान्य रुपमा भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।