माओवादीको अध्यक्षमा पुनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । आज सोमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि देश र पार्टीको आवश्यकता र केही बाध्यताका कारण अध्यक्ष बन्नुपरेको बताए ।