राष्ट्रिय सभाका लागि कर्णालीबाट एमालेका शर्मा, महत र माझी उम्मेदवार

सुर्खेत । नेकपा एमालेले राष्ट्रियसभाको चुनावका लागि कर्णाली प्रदेशबाट तीन जना उम्मेदवारको टुंगो लगाएको । एमालेले सोमवार सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुंगो लगाएको हो ।

एमालेले कर्णालीमा ९ जना सिफारिस गरिएको मध्ये तीन जनालाई उम्मेदवार बनाएको हो । राष्ट्रियसभा चुनावका लागि खुलाबाट सुर्खेतका चुडामणी शर्मा, महिलाबाट जुम्लाकी गंगा महत र अल्पसंख्यकबाट दैलेखका पदमबहादुर माझीलाई उम्मेदवार बनाएको हो । भोलि राष्ट्रियसभाका लागि उम्मेदवार दर्ता हुँदैछ ।

राष्ट्रियसभाका सदस्य  रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी, कालिकोटका जीवन बुढा र हुम्लाकी कविता वोगटीको फागुन १८ पदावधि सकिदैँ छ । रिक्त हुन लागेको पदमा चुनाव हुन लागेको हो ।

यस्तै एमालेले अन्य प्रदेशमा पनि उम्मेदवारको नामावली टुंगो लगाएको छ ।
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२

खुलाः असर्फी भिनवार यादव (धनुषा)

महिलाः बिना साह (रौतहट)

बागमती

खुलाः गोपाल शाक्य (ललितपुर)

महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी

खुलाः पुण्यप्रसाद पौडेल (कास्की)

महिलाः लीला पोखरेल थनेत (नवलपुर)

दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी

खुलाः रामदयाल गुप्ता (दाङ)

महिलाः भारती खनाल (बाँके)

दलितः कृष्णबहादुर सुनार (गुल्मी)

 

सूदुरपश्चिम

खलाः डिल्लीराज भट्ट (डोटी)

महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)

दलितः नरेश बिक (बैतडी)