लुम्बिनीको उपसभामुखमा राप्रपाकी मेनुका खाँण निर्विरोध


सुर्खेत । लुम्बिनी प्रदेश सभाको उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएकी छन् ।

कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारूढ दलबाट मनोनयन दर्ता गरेकाहरू नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् ।

आज मङ्गलवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एकरएक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । यसअघि हिजो सोमवार सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध भएका थिए ।