कोरोनाको समयमा राज्यले भुमीका बिहिन बनाएको नागरिक समाजको गुनासो

सुर्खेत । कोरोना भाइरस संक्रमणका समयमा नागरिक समाजलाई राज्यले भुमीका बिहिन बनाएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । शुक्रबार शान्तिका लागि साझा अभियान (कोक्याप) ले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य घनश्याम केसीले कोरोना भाइरसको संक्रमणका समयमा प्रशासनले काम गर्न असहज बनाएको बताए । ‘नागरिकलाई राहत वितरण गर्न जान प्रशासनले रोक्यो ।, उनले भने“ तर राजनितिक दलका ठुला आमसभा रोक्न सकेन ।” जतीबेला नागरिक समाज सक्रिय हुनुपर्ने हो त्यती नै बेला भुमीका बिहिन बनाइएको उनले आरोप लगाएका हुन् ।

सुन्दर नेपाल संस्था सुर्खेतको कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले राज्यले नागरिक समाजमाथी प्रश्न गरेपनि भुमीका नदिएको बताए । कोरोना संक्रमणका बेला नागरिक समाज कहाँ लुकेका छन् ? भन्दै प्रश्न गरेपनि बाहिर निस्किएर काम गर्न भने प्रशासनले नदिएको उनले सुनाए ।

मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका अध्यक्ष पिताम्बर ढकालले समेत नागरिक समाजलाई राज्यले एउटा अंगको रुपमा लिई कोरोना प्रतिकार्यमा सहभागी गराउनुपर्ने बताए ।

कार्यक्रममा कोभिड १९ ले कर्णाली प्रदेशका नागरिक समाजहरुमा पारेको असर र महामारी सम्बोधन गर्न आगामी दिनका रणनीतिहरु विषयमा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले प्रस्तुतीकरण राखेका थिए ।