काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देश संघीयतामा गइसकेकाले प्रदेशहरुबीच मेलमिलापको आवश्यकता रहेको बताएका छन् ।
सुन्दरीजलमा रहेको वीपी सङ्ग्राहलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सात वटै प्रदेशहरुबिच मेलमिलापको जरुरी रहेको बताएका हुन् । उनले भने ‘ देश संघीयतामा गइसकेको छ । सात वटा प्रदेशहरु छन्। तर ती प्रदेशहरुबीच पनि मेलमिलापको जरुरी छ। ‘
उनले अहिले वर्तमान अवस्थामा राष्ट्रिय एकता कायम गर्दै सबैको अधिकार सुरक्षित गर्नु पर्ने बताए । उनले भने, ‘संघीयतामा गएको नेपाललाई जोड्ने हो। अझ बलियो बनाउने हो। राष्ट्रिय एकता कायम गर्दै सबै अधिकार सुरक्षित गर्ने हो।’
प्रधानमन्त्री देउवाले सुन्दरीजलमा रहेको वीपीको प्रतिमामा माल्यार्पण गरेका थिए ।
फरकबाटो १६ पुष २०७८, शुक्रबार १९:५०