संशोधनविना एमसीसी पारित गर्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संशोधनविना पारित गर्न नकसिने बताएका छन् ।

सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसी सम्झौता संशोधनविना कुनै हालतमा संसदबाट पारित गर्न नसकिने बताएका हुन् ।

उनले भने, ‘एमसीसीबारे प्रस्टै छ, संशोधनविना कुनै हालतमा पारित गर्न सकिँदैन भन्नुभएको छ ।’