सरकारले ५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजरको ८४ लाख खोप खरिद गर्दै

काठमाडौं । सरकारले ५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजरको ८४ लाख खोप खरिद गर्दैछ ।

नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउनको लागी छलफल अगाडि बढाएको हो ।
खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिएपछि खोप लगाउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।

सोही अनुसार आपूर्ति व्यवस्थापन शाखाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको डा चौरसियाले बताए । यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिन सुरु गरिएको छ ।