माओवादी केन्द्रीय समितिको बैठक आइतबार बस्‍ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन अगाडि केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ ।

शनिबार बसेको संक्षिप्त स्थायी समितिको बैठकले आइतबार बिहान केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको हो । प्रवक्ता कृष्णबहादुर महराले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बसेपछि दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन हुने बताए ।