दैलेख : साढे तीन हजार मतदाता थपिए

दैलेख । दैलेखमा साढे तीन हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो र दोस्रो चरणमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामवलीमा तीन हजार पाँच सय ९९ जना मतदाता थपिएका हुन् ।

पाँच स्थानीय तह र दोस्रो चरणमा चार स्थानीय तह गरी फोटोसहितको मतदाता नामवली संकलन गरिएको कार्यालयले जनाएको छ । । निर्वाचन कार्यालयले मङसिर १७ गतेदेखि पहिलो चरण र मंङसिर २८ गतेदेखि पुस ८ गतेसम्म फोटोसहितको मतदाता नामवली संकलन सुरु गरेको थियो ।

दैलेखमा एक लाख ५८ हजार ९१४ जना मतदाता पुगेका छन् ।